उदयपुर, जेठ ६ । 
उदयपुर सदरमुकाम गाईघाटमा रिपोर्टिङ एन्ड रेफरल मेकानिजम वर्कशव अर्थात घटना व्यवस्थापन तथा सिफारिस प्रणालीसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । जेठ ४ देखि ५ गतेसम्म संचालन भएको तालिममा बालअधिकार समितिका प्रतिनिधि, लिम्चुङबुङ, रौतमाई, उदयपुरगढी, ताप्लीका जनप्रतिनिधि, समितिमा आवद्ध शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय विभिन्न बालक्लब प्रतिनिधि तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जाल्पा एकीकृत विकास समाज उदयपुरद्वारा आयोजित तालिमको सहजीकरण राष्ट्रिय बालधिकार परिषद मधेस प्रदेश समन्वय अधिकृत संजीव महतोले गरेका थिए । सो अभिमुखीकरण कार्यक्रममा बालसंरक्षणसम्बन्धी कानूनी ब्यवस्था, स्थानीय सरकारले गर्दै आएको बालमैत्री ब्यवस्थापनबारे छलफल समेत भएको जाल्पाका कार्यक्रम अधिकृत रुद्र पोखरेलले जानकारी दिए । कार्यक्रममा महिला ९ जनासहित २७ जनाको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)