उदयपुर, जेठ ६ ।
उदयपुर सदरमुकाम गाईघाटमा किशोर किशोरीलाई रुपान्तरण अल्मुनाई कार्यशाला सुरु भएको छ । वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जाल्पा एकीकृत विकास समाज उदयपुरले कार्यशाला आयोजना गरेको हो ।
जेठ ६ देखि ७ गतेजम्म संचालन हुने कार्यशालामा किशोर तथा युवा अवस्थाका प्रगती र परिवर्तनलाई लक्षित गरी छलफल गराईएको छ । जहाँ स्थानीय तहमा बजेट व्यवस्थापनका लागि पहल, सामाजिक सचेतना, क्षमता विकासलगायतका विषयमा वल्र्डभिजनका बालसंरक्षण संयोजक बालाराज खड्काले सहजीकरण गर्ने छन् ।
कार्यक्रममा रौतामाई १ देखि ८ नम्वर वडा, लिम्चुङबुङ ५, त्रियुगा १५ र ताप्ली १, २, ३ र ५ वडा, उदयपुरगढी २ र कटारी नगरपालिकाका किशोरकिशोरी सहभागी रहेका छन् । दुई दिनसम्म चल्ने सो कार्यशालामा सहभागी २७ जना किशोरकिशोरी सबै पूर्वसहजकर्ता समेत हुन् ।
कार्यक्रमको उद्घाटनसत्रमा वर्डभिजनका उदयपुर संयोजक आनन्द खड्का, जाल्पा एकीकृतका कार्यक्रम अधिकृत रुद्र पोखरेल, लेखा प्रमुख लक्ष्मी दनुवार, नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव देबराज राई, जाल्पाका बाल स्पोन्सरशिप अधिकृत गेसवहादुर मगरको पनि उपस्थिती रहेको थियो ।