सिन्ताङ । खोटाङको चिसापानी बजारदेखि सिन्ताङ– मौवाबोटे हुँदै छिमेकी जिल्ला उदयपुरको सीमा क्षेत्र वंशिला घाटसम्म बस सेवा सुरु भएको छ । शुक्रबार सो सडक खण्डमा ठूलो सिट क्षमताको यात्रुवाहक बस संचालनमा ल्याइएको हो ।

स्थानीय राजेश राजेश बञ्जाराका अनुसार बंशिला– मौवाबोटे हुँदै दिप्लुङ– चिसापानीसम्म परीक्षण गरिएको थियो । भर्खरै संचालनमा आएको बसले खोटाङबजार हुँदै सावाखेला पार गरेर आउने यात्रुहरुलाई खुटाबगैंचासम्म सेवा दिनेछ ।

यसअघि धाप्लाङ– सिन्ताङ, बराहपोखरी– सिन्ताङ, बंशिला– सिन्ताङ र चिसापानी– सिन्ताङसम्म चार पांग्रे सवारीसाधन (बोलेरो) संचालन हुँदै आएको छ । यात्रुको चाँपलाई ध्यानमा राख्दै बस संचालनमा आएको हो ।

‘रोयल खोटाङ यातायात’ बस सेवाले जन्तेढुंगा गाउँपालिकाको खुटाबगैंचा, चिसापानी, दिप्लुङ, छुप्लुङ, ओदाले, साउने, सिन्ताङ, दाप्सा, याक्सा, स्याङसीला, डाँडागाउँ, इमीखिम, देविस्थान, बंशिलालगायत दर्जनौ गाउँका सर्वसाधरण प्रत्यक्ष लाभाम्वित हुनेछन् । सिन्ताङलाई धाप्लाङ चिसापानी, बंशिला– चिसापानी र बराहपोखरीदेखि छुट्ने यातायातको लागि मुख्य केन्द्रको रुपमा मानिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)