उदयपुर, जेठ २९ । उदयपुरको उदयपुरगढीमा बिपद् व्यवस्थापनसम्बन्धी एक दिवसीय छलफल भएको छ । प्राकृतिक बिपद्बाट अत्यधिक क्षति हुने सो पालिकाको बिभिन्न वडाहरुमा पूर्वतयारीका लागि आवश्यक योजना तर्जुमा तथा सुरक्षा व्यवस्थापनका लागि सरोकारवालाबीच छलफल भएको हो ।

पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा बसेको छलफल बैठकमा मानवअधिकार वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले सहजीकरण गरेको थियो । पालिकास्तरीय बिपद व्यवस्थापन सम्बन्धी सो बैठकमा प्रमुख प्रशासकीय अधिकृत भक्तकुमार राई, जनप्रतिनिधि, सुरक्षा निकाय, हुरेण्डेक, वर्ल्डभिजन, रेडक्रस, साहस नेपाल लगायतका संघसंस्थाका प्रतिनिधिहरु साथै पत्रकारको पनि उपस्थिती रहेको थियो ।

छलफलमा हुरेण्डेक अध्यक्ष शंकरबहादुर थापा र वर्ल्डभिजन इन्टरनेशनल नेपालका उदयपुर संयोजक आनन्द खड्का लगायतले सरोकारवालाबीच आगामी योजना र अत्यावश्यक लगानीका क्षेत्र र भूगोलबारे जानकारी लिएका थिए । हाल उदयपुरगढीको १ र २ नम्बर वडाभित्र जिल्लाका दुई गैरसरकारी संस्था हुरेण्डेक र जाल्पा एकीकृत विकास समाजले वर्षौदेखि बिभिन्न बिपद व्यवस्थापनसम्बन्धी कार्यक्रम संचालन गर्दै आएका छन् । जसलाई वर्ल्डभिजनले आर्थिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष मगरले उदयपुरगढी गाउँपालिकामा वर्षेनी बिपद व्यवस्थापनकै लागि भनेर कम्तिमा १५ लाखभन्दा बढी रकम छुट्याउदै आएको बताएका थिए । त्यस्तै बिपद आउनुभन्दा पहिला नै पूर्वतयारीमा जुट्नु र उनले यसमा सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह समेत गरेका थिए । उदयपुरगढीमा विशेष गरी आगलागी, हावाहारी, बाढीपहिरो र चट्याङ मुख्य विपद्को रुपमा सूचिकृत गरी कार्ययोजना संचालन गर्दै आएको छ ।

त्यस्तै प्राकृतिक बिपतीको समय स्थानीय सरकारसँग समयमै व्यवस्थापकीय समन्वय नहुँदा समयमै उद्धारका कामहरु प्रभावित हुने गरेको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरुले गुनासो गरेका थिए । यता वर्ल्डभिजन, हुरेण्डेक लगायतका संस्थाहरुले भने छलफलमा देखिएको क्षेत्रको अत्यावश्यक भूगोल र क्षेत्र हेरेर सहयोग र व्यवस्थापनका लागि समन्वय गरिने बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)