उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका १ लाई बालमैत्री वडा घोषणा गरिएको छ । वडाभित्र बालबालिका र बालअधिकारमा आधारित बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका अनुसार कार्यान्वयनका लागि तोकिएका सबै ५१ वटै सूचाङ्कहरु पूरा भएसँगै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो ।

ओख्लेस्थित वडा कार्यालय परिसरमा आयोजित घोषणा समारोहमा प्रतिनिधिसभा सदस्य अम्वरबहादुर रायमाझी, ताप्ली गाउँपालिका प्रमुख ढुंगराज विश्वकर्मा, उपाध्यक्ष धनामाया मगर, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार मगरलगायतको उपस्थितीमा घोषणा भएको थियो । योसँगै उदयपुर जिल्लाभित्र बालमैत्री घोषित वडाको संख्या १० पुगेको छ । गैरसरकारी संस्थाहरु जाल्पा एकीकृत विकास समाज, हुरेण्डेक र वल्र्डभिजन इन्टरनेशनल नेपालको प्राबिधिक सक्रियतामा ताप्ली १ नम्बर वडा पालिकाको तेस्रो बालमैत्री वडा बनेको छ ।

प्रमुख अतिथीसमेत रहेका सांसद रायमाझीले कार्यक्रममा बोल्दै बालबालिकामैत्री नीतिगत व्यवस्थापनका लागि आफ्नोतर्फबाट सधै अग्रसरता रहने बताएका थिए । सो अवसरमा आफूले स्थानीय भेगहरुमा विकासका लागि गर्दै आएका पहलबारे पनि जानकारी गराएका थिए ।

त्यस्तै पालिका अध्यक्ष विश्वकर्माले अब बाँकी वडाहरुलाई पनि तत्काल घोषणा गरी ताप्लीलाई जिल्लाकै पहिलो बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यमा आफू रहेको बताएका छन् । उनका अनुसार ताप्लीको वडा नम्बर १, ३ र ५ घोषणा भइसकेको छ भने ४ र ४ नम्बर वडा घोषणाको प्रक्रिया चरणमा रहेको छ । त्यस्तै घोषित भइसकेका वडाहरुमा बालमैत्री व्यवहार, नीति र कार्यन्वयनका पाटाहरुलाई प्रभावकारी ढुंगले दीर्घकालिनसम्म लैजाने प्रतिबद्धता जनाएका थिए । पालिका उपाध्यक्ष मगरले पनि बालमैत्री वडा घोषणाले पालिकालाई गौरबको रुपमा स्थापित गर्ने बताइन् । बालमैत्री शासन र पद्धतीलाई कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको भनाई थियो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार मगरले बालबालिका देशका कर्णधार भएकाले उनीहरुलाई सुरुवातदेखि नै मजबुद बनाउन आवश्यक हुने बताए । उनले बालविकास र कानुन प्रबत्त अधिकार सुनिश्चितताका लागि प्रशासनिक व्यवस्थापनमा कन्जुस्याई नहुने प्रतिबद्धता जनाएका थिए । ताप्ली १ का वडाध्यक्ष उद्धव हमालले भने चौतर्फी चुनौतिबीच वडालाई बालमैत्री घोषणा गर्न सफल भएको प्रतिक्रिया दिए । उनले बालमैत्री घोषणा भएको वडालाई दीर्घकालिन कार्यान्वयनका लागि आम बालबालिकाका अभिभावक, सरोकारवालालाई आग्रह गरेका छन् ।

कार्यक्रममा बालमैत्री वडा घोषणाको क्रममा सहयोग गर्ने व्यक्ति तथा निकायलाई प्रसंसापत्र बितरण गरिएको थियो । कार्यक्रममा ताप्ली गाउँपालिकाका वडाध्यक्षहरु, सहजकर्ता संस्था वल्र्डभिजन इन्टरनेशनलका उदयपुर संंयोजक आनन्द, जाल्पा एकीकृत विकास समाजका अध्यक्ष पुष्प पोखरेल र हुरेण्डेक उदयपुरका अध्यक्ष शंखरबहादुर थापा तथा ति संस्थाका कर्मचारी, अभिभावक, विद्यार्थी र शिक्षकहरु, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)